PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

राष्ट्रपतिका सल्लाहकार भन्छन्, ‘अध्यादेशको विषयमा राष्ट्रपतिलाई अनावश्यक विवादमा ल्याउने प्रयास भयो’



राष्ट्रपतिका सल्लाहकार भन्छन्, ‘अध्यादेशको विषयमा राष्ट्रपतिलाई अनावश्यक विवादमा ल्याउने प्रयास भयो’
Photo : रासस

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार लालबाबु यादवले राष्ट्रपतिलाई अनावश्यक ढंगले विवादमा ल्याउने कार्य भइरहेको बताएका छन्। रिपोर्टर्स क्लबले आयोजित साक्षात्कारमा उनले सरकारले ल्याएको पछिल्लो अध्यादेशको विषयमा राष्ट्रपतिलाई विवादमा ल्याउन खोज्नु संविधानको बर्खिलाफ भएको टिप्पणी गरेका हुन्।

यादवले मन्त्रीपरिषद्को सिफारिसमा आएको अध्यादेशलाई राष्ट्रपतिले स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था भए बमोजिम राष्ट्रपतिले अध्यादेश स्वीकृत गरेको बताए।

‘राष्ट्रपति व्यक्ति नभएर निर्विवादित संस्था हो’, उनले भने, ‘यो संस्थाको गरिमा जोगाउन नसके संविधान कमजोर बन्न सक्छ।’

उनले नेपाल कम्युनिष्ट पार्टीभित्रका ८३ सांसदले हस्ताक्षरसहित संसद्को विशेष अधिवेशन बोलाउन माग गर्दै पेश गरेको निवेदनलाई राष्ट्रपतिले स्वीकृत नगरेको भन्नेमा कुनै सत्यता नभएको बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell