PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

आकस्मिक मन्त्रिपरिषद बैठक सकियो : पार्टीभित्रको विवाद पार लगाउन प्रचण्डसँग छलफलमा जुटे प्रधानमन्त्री



आकस्मिक मन्त्रिपरिषद बैठक सकियो : पार्टीभित्रको विवाद पार लगाउन प्रचण्डसँग छलफलमा जुटे प्रधानमन्त्री
फाइल फोटो

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको आकस्मिक मन्त्रिपरिषदको बैठक सकिएको छ। बैठक सकिएलगतै ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटावरमा छलफल सुरु भएको छ।

स्थायी कमिटी बैठक सुरु हुनु अघि नै प्रचण्ड बालुवाटार पुगेका हुन्। अहिले दुई अध्यक्षबीच छलफल भइरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। 'दुई अध्यक्षबीच छलफल सुरु भएको छ। आजको स्थायी कमिटीबारे नै छलफल हुने हो,' उनले भने।

नेकपाको स्थायी कमिटी बैठक आइतवार १ बजेका लागि बोलाइएको छ। प्रचण्डले आफ्नो प्रतिवेदन फिर्ता नलिए आजको बैठकमा सहभागी नै नहुने ओलीले शनिवारको भेटमा बताएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell