PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

सरकारको कदममा भिडियो सन्देशबाटै बाबुरामको विरोध : नेकपाभित्रका लोकतान्त्रिक शक्तिलाई सहकार्यको प्रस्ताव



सरकारको कदममा भिडियो सन्देशबाटै बाबुरामको विरोध : नेकपाभित्रका लोकतान्त्रिक शक्तिलाई सहकार्यको प्रस्ताव

काठमाडौं :  जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गरेका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा भिडियो सन्देशमार्फत नेकपाभित्रकै लोकतान्त्रिक शक्तिलाई प्रतिवादमा उत्रनसमेत आह्वान गरेका छन्।

'नेपालको शासकीय प्रणालीमा सुधारको आवश्यकता देखिन्छ। नेपाली काँग्रेस र नेकपाभित्रका लोकतान्त्रिक शक्तिलाई यसका विरुद्ध सहकार्य गर्न आह्वान गर्छु,' बाबुरामलेले भिडियोमा भनेका छन्, 'नयाँ संविधानमा हामीले देशमा राजनीतिक स्थिरताका कायमका लागि प्रतिनिधि सभाको कार्यकाल ५ वर्ष किटान गरेका थियौ।र बिगतका अस्थिरतालाई ध्यान दिँदै बीचमा नै संसद विघटन गरेर अस्थिरता निम्त्याउ नदिने प्रावधान राखेका थियौं। त्यसविपरित प्रधानमन्त्रीले राष्ट्रपति समक्ष संसद विघटनको प्रस्ताव गरेको खबर प्राप्त भएको छ।'

यो प्रस्तावको खबर अन्यन्तै दुखद भएको र यसको चारैतर्फबाट प्रतिवाद गरिनुपर्ने उनले बताएका छन्। बाबुरामले थप भनेका छन्, 'त्यो अत्यन्त दुखद छ। यसले लोकतन्त्रको धज्जी उठाएको छ। यो लोकतन्त्रको मर्म विपरित छ। संविधानको प्रावधान विपरित छ। जुन ढंगको गैरजिम्मेवारपूर्ण हर्कत प्रधानमन्त्रीबाट भएको छ। यो लोकतन्त्रको हितमा छैन। यसको सबैतिरबाट यसको प्रतिवाद गरिनुपर्दछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell