PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

संसद विघटनको प्रस्तावसँगै नेकपालाई जनताले दिएको मतको वैधता सकियो : गगन थापा



संसद विघटनको प्रस्तावसँगै नेकपालाई जनताले दिएको मतको वैधता सकियो : गगन थापा
फाइल फोटो

काठमाडौं : नेपाली काँग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको संसद विघटनको प्रस्ताव असंवैधानिक भएको बताएका छन्।

आइतवार आकस्मिक मन्त्रिपरिषदबाट संसद विघटनको प्रस्ताव गरेसँगै थापाले यसको विरोध जनाएका हुन्। सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै प्रधानमन्त्रीले चालेको लहडले नेकपालाई दिएको मतको वैधता सकिएको उनले दाबी गरेका छन्।

'संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ। प्रधानमन्त्रीज्यूले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ,' थापाले भनेका छन्, 'यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडि जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell