PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

प्रचण्ड निवास खुमलटारमा सुरु भयो ओलीइतर समूहको बैठक



प्रचण्ड निवास खुमलटारमा सुरु भयो ओलीइतर समूहको बैठक

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकबाट संसद विघटनको सिफारिस गरेलगतै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा नेताहरु आन्तरिक छलफलमा जुटेका छन्।

ओलीइतर समूहका नेताहरु अहिले प्रचण्ड निवास खुमलटार पुगेका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु खुमलटार पुगेका हुन्।

प्रचण्डले भेलापछि संसद  विघटन गर्ने सरकारको निर्णयविरुद्ध आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्। नेकपाको ओली इतर समूहले आजको स्थायी कमिटी बैठकबाट प्रधानमन्त्री ओलीमाथि कारवाही गर्ने तयारी गरेको छ। आजै १ बजेका लागि स्थायी कमिटी बैठक सुरु हुने तय भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell