PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

संसद विघटन प्रकरण : ओली र प्रचण्डबीच बालुवाटारमा छलफल सुरु



संसद विघटन प्रकरण : ओली र प्रचण्डबीच बालुवाटारमा छलफल सुरु

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनाको सिफारिस राष्ट्रपति समक्ष गरेपछि खुमलटारमा ओलीइतर समूहका नेताहरुसँग छलफल गरेपछि प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

बालुवाटार पुगेका प्रचण्ड र प्रधानमन्त्री ओलीबीच अहिले छलफल सुरु भएको छ। आज बिहान पनि प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। तर ओली प्रचण्डलाई नभेटी राष्ट्रपति कार्यालय हिँडेपछि दाहाल खुमलटार फर्किएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell