PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

संसद विघटन लगत्तै रिक्त रहेका संवैधानिक निकायका सबै पदमा नाम सिफारिस



संसद विघटन लगत्तै रिक्त रहेका संवैधानिक निकायका सबै पदमा नाम सिफारिस

काठमाडौं : सरकारले संवैधानिक निकायमा रिक्त रहेका सबै पदमा सिफारिस गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोग लगायतका संवैधानिक नियाकमा रिक्त रहेका पदहरुमा सरकारले सिफारिस गरेको संसद स्रोतले बताएका छन्।

आज बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद विघटन गर्न सिफारिस गरेको थियो। भण्डारीले सिफारिसको केही समयमा नै संसद विघटन गरेकी हुन्।

संसद विघटन भएपश्चात संसदीय सुनुवाइ समितिमा सिफारिसमा परेका व्यक्तिहको सुनुवाई नहुने देखेपछि सरकारले सिफारिस प्रक्रिया अघि बढाएको हो। समितिमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको बहुमत थिएन। संसदीय समितिमा ४५ दिनसम्म सुनवाई नभए नियुक्ती स्वत स्वीकृत हुने प्रावधान रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell