PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

ओलीले राष्ट्रपतिबाट संसद विघटन गराउनु गैरसंवैधानिक भएको वामदेवको आरोप, 'राजनीतिक अस्थिरता बढाउने काम भयो'



ओलीले राष्ट्रपतिबाट संसद विघटन गराउनु गैरसंवैधानिक भएको वामदेवको आरोप, 'राजनीतिक अस्थिरता बढाउने काम भयो'

काठमाडौं : सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि राजनीतिक माहोल तातेको छ। यसबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्य वामदेव गौतमले राष्ट्रपतिबाट सरकारको सिफारिस स्वीकृति हुनुलाई गरै संवैधानिक  भन्दै विरोध गरेका छन्।

प्रतिनिधि सभाको कार्यकाल दुई वर्ष अझै बांकी रहेको बेला संविधानको मर्म र भावना विपरित रहेको भन्दै गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट संसद विघटन गराएको बताएका छन्।

एक विज्ञप्ती जारी गर्दै उनले सरकारको उक्त कदम गलत रहेको भन्दै यसबाट देशमा राजनीतिक अस्थिरता बढ्ने सम्भावना बढेको चेतावनी समेत दिए। साथै उनले सरकारको उक्त कदमबाट संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मानयता नै समाप्त हुने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell