PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

माओवादी कोटाबाट मन्त्री बनेका रामबहादुर थापा र लेखराज भट्टको साथ ओलीलाई



माओवादी कोटाबाट मन्त्री बनेका रामबहादुर थापा र लेखराज भट्टको साथ ओलीलाई

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेसँगै सरकारका सात जना मन्त्रे सामूहिक राजीनामा दिएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षका मन्त्रीहरुले सामुहिक राजीनामा दिए पनि यी दुई मन्त्री प्रधानमन्त्रीकै साथमा रहेका छन्।

थापा र भट्ट पूर्व माओवादी कोटाबाट सरकारमा सहभागी भएका हुन्। संसद विघटन र सरकारको कदमबारे यी दुई मन्त्रीको कुनै प्रतिक्रियासमेत आएको छैन। प्रतिनिधिसभाको विघटनको प्रस्तावमा असहमति जनाउँदै आफूहरुले सामुहिक राजीनामा बुझाएको उनीहरुले जनाएका छन्। यसरी राजीनामा बुझाउने मन्त्रीहरुमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, घनश्याम भुसाल, योगेश भट्टराई, रामेश्वर राय यादव र विना मगर रहेका छन्।

गृहमन्त्री थापा निर्वाचन आयोगको बैठकमासमेत सहभागी भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell