PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

ओलीको साधारण सदस्यता समेत खारेज गर्न माग गर्दै जनकपुरमा युवा संघको प्रदर्शन



सुमित मिश्र

ओलीको साधारण सदस्यता समेत खारेज गर्न माग गर्दै जनकपुरमा युवा संघको प्रदर्शन

जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी नेकपाको भातृ सङ्गठन युवा संघ धनुषाले जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको संसद विघटनको कदमको कडा विरोध गरेका छन्।

आइतवार जनकपुरको जनक चोकमा विरोधसभा गर्दै युवा संघ धनुषाले प्रधानमन्त्री ओलीको नेकपाको साधारण सदस्यता समेत खारेज गर्न संयोजक सरोज यादवले माग गरेका छन्। संयोजक यादवले प्रधानमन्त्री ओलीले लोकतन्त्रको विरुद्धमा संसद विघटन गरेर तानाशाही बन्न खोजेको आरोप लगाए।

त्यस्तै, युवा संघ पूर्व केन्द्रीय सदस्य राजकुमार यादवले कम्युनिस्टको बदनाम प्रधानमन्त्री ओलीले गरेकाले कडा कारबाही गर्न माग गरे।

युवा संघ धनुषाले जनकपुरमा मोटरसाइकल र्‍याली निकालेर नगरमा परिक्रमा गर्दै जनक चोकमा विरोधसभा गरेको थियो। सो सभामा युवा संघका नेता अनिल पासवान र दिपक पटेल लगायतका नेताहरुले समेत प्रधानमन्त्री ओलीको कदमको व्यापक आलोचना गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell