PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

बिरामी प्रधानमन्त्रीलाई विश्राम नदिँदा यस्तो अवस्था आयो : गगन थापा, 'यसको दोषी प्रचण्ड र माधव नेपाल'



बिरामी प्रधानमन्त्रीलाई विश्राम नदिँदा यस्तो अवस्था आयो : गगन थापा, 'यसको दोषी प्रचण्ड र माधव नेपाल'

काठमाडौं : नेपाली काँग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो कदम चाल्नुमा नेकपाका नेताहरु पनि दोषी रहेको आरोप लगाएका छन्। नयाँ बानेश्वर संसद भवन नजिकै सम्बोधन गर्दै थापाले यस्तो आरोप लगाएका हुन्।

थापाले प्रचण्ड र माधव नेपालले बुझ पचाएर बस्दा यस्तो अवस्था आएको बताएका हुन्। 'प्रचण्ड र माधव नेपाललाई भन्न चाहन्छु। यस कदममा ओलीकोमात्र दोष छैन दुई जनाको बुझाराका कारण पनि यस्तो भएको हो,' थापाले भने, 'महिनौसम्म तपाईको प्रधानमन्त्री बिरामी हुनुहुन्छ विश्राम दिनुस् भनेका थियौ हामीले। तर तपाईहरुले मान्नु भएन।'

थापाले सन्की प्रधानमन्त्रीका कारण संविधानमा व्यवस्था नै नभएको कदम चालेको उल्लेख गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell