PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

राममन्दिरबाट आएका जन्तीलाई मिथिला भोजन गरिएसँगै सकियो विवाहपञ्चमी



सुमित मिश्र

राममन्दिरबाट आएका जन्तीलाई मिथिला भोजन गरिएसँगै सकियो विवाहपञ्चमी

जनकपुरधाम : प्राचीन मिथिलाको राजधानी जनकपुरमा प्रत्येक वर्ष मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव आज ‘रामकलेवा’ विधि गरेसँगै विधिवत रुपमा सम्पन्न भएको छ। राममन्दिरबाट आएका जन्तीलाई मिथिला भोजन (रामकलेवा) तथा दक्षिणा प्रदान गरिएसँगै साताव्यापी रामजानकी विवाह महोत्सव विधिवत रुपमा सम्पन्न भएको हो।

शनिवार राति रामसीताको प्रतीकात्मक रुपमा मिथिला परम्पराअनुसार विवाह भएको थियो। यस अवसरमा जानकी मन्दिरलाई नवदुलही झै सिँगारिएको थियो। जानकी मन्दिर प्राङ्गणमा राम, लक्ष्मण, भरत, शत्रुधनको मूर्तिमा विधिवत् पूजापाठ तथा भोजन गराई जन्तीको विदाइ गरिएको हो।

रामजानकी विवाह महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैठौँ दिन रामजानकी विवाह महोत्सव तथा सातौँ दिन आज रामकलेवा भएको हो। रामकलेवापछि रामजानकी विवाह महोत्सव यसवर्ष विधिवत् रुपमा सम्पन्न भएको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell