जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्व मन्त्री मातृका प्रसाद यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलभन्दा पनि गुण्डाहरुको ग्याङ चलाइरहेको आरोप लगाएका छन्।
पार्टीलाई नै धरापमा पुर्याउने व्यक्ति कदापी नेता हुन सक्दैन भन्दै नेता यादवले प्रधानमन्त्री ओली गुण्डाहरुको नाइके रहेको बताए।
आज महोत्तरीको बर्दिबासमा नेकपा समर्थित विद्यार्थी भेलालाई सम्बोधन गर्दै नेता यादवले प्रधानमन्त्री ओली राजनीति भन्दा पनि षड्यन्त्र गर्न निपुण रहेको आरोप लगाए।
‘प्रधानमन्त्री ओलीले संसद विघटन गर्नु भएको समाचारले मलाई आश्चर्यचकित तुल्याएन’, नेता यादवले भने, ‘म ओली प्रवृत्तिको भुक्तभोगी हुँ र त्यसैले मैले कमरेड प्रचण्डलाई यस तर्फ पटक पटक सचेत समेत गराएको हुँ।’
उनले थपे, ‘उनी हिरो होइनन्, भिलेन हुन्। त्यसैले उनले ग्याङ चलाएका हुन् पार्टी होइन्, उनले पार्टीको शुद्धिकरण नगरी अपराधीकरण गरेका हुन्।’