PahiloPost

Jun 3, 2026 | २० जेठ २०८३

ओलीविरुद्ध संगीन आरोपपत्र र अविश्वास प्रस्तावले बाध्यात्मक रुपमा संसद विघटन: शंकर पोखरेल



ओलीविरुद्ध संगीन आरोपपत्र र अविश्वास प्रस्तावले बाध्यात्मक रुपमा संसद विघटन: शंकर पोखरेल

काठमाडौं: लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गरेका छन्। संसद विघटनलाई उनले बाध्यात्मक परिस्थितिको उपज भनेका छन्।

आइतवार साँझ फेसबुकमार्फत पोखरेलले प्रथम अध्यक्ष एवं प्रधानमन्त्री ओलीविरुद्ध पार्टी एकताको मर्म विपरीतको समीकरण, संगीन आरोप सहितको अर्का अध्यक्षको एकल प्रस्ताव र दलभन्दा बाहिरबाट अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्ने प्रयास असफल भएपछिको वाध्यात्मक कदमका रुपमा ताजा जनादेशमा जाने निर्णय आएको उल्लेख गरेका छन्।

'पुरानो जनादेशको सान्दर्भिकता स्थापित नभएको अवस्थामा नयाँ जनादेश खोजी लोकतन्त्रमा स्वभाविक मानिन्छ। चुनावले लोकतन्त्र सुरक्षित र सुदृढ हुन्छ,' उनले भनेका छन्, 'सडक आन्दोलनको बाटोले प्रतिकृयावादी र दक्षिणपन्थीहरुलाई फाइदा पुर्‍याउन सक्छ। गम्भीर र जिम्मेवार बनौं।'

पार्टी एकताको मर्म विपरितको समिकरण,पार्टी विधानको व्यवस्था विपरित पहिलो वरियताका अध्यक्ष तथा प्रधानमन्त्रीका विरुद्धको...

Posted by Shankar Pokhrel on Sunday, December 20, 2020



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell