PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

प्रचण्ड समूहका नेता भन्छन्, ‘संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऔं’



प्रचण्ड समूहका नेता भन्छन्, ‘संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऔं’
File Photo

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गणेशमान पुनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली लागू गर्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्नु संसदीय शासकीय स्वरुपको असफलता भएको भन्दै पुनले कोर्स करेक्सनका लागि व्यवस्थित र संगठित प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको अग्रगामी एजेण्डा लिएर अघि बढ्नुपर्ने उल्लेख गरे।

‘अहिले यो त्यो प्राविधिक कुरामा नअल्झिएर अब प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीलाई अगाडि बढाउनुपर्छ,’ रिपोर्टर्स क्लबमा पुनले भने, ‘सबै समुदायलाई सम्बोधन गर्ने व्यवस्थाका लागि संविधान संशोधन गरेर युवाहरुलाई समेटेर अगाडि लानुपर्छ।’

पुनले ओलीले चालेको कदम समाजवाद निर्माण र संघीयता कार्यान्वयनमाथिको आघात भएको उल्लेख गरे। ‘यो प्रतिगामी कदमलाई उपयोग गरिनुपर्छ। यो मुर्खतालाई आन्दोलनका रुपमा लिनुपर्छ,’ उनले भने।

यो कदमका लागि प्रधानमन्त्री ओलीलाई पार्टीले अनुशासनको कारवाही गर्ने उनको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell