PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

प्रचण्ड माधव पक्षको संसदीय दलको बैठक बस्दै, ओलीलाई संसदीय दलको नेताबाट पनि हटाउने



प्रचण्ड माधव पक्षको संसदीय दलको बैठक बस्दै, ओलीलाई संसदीय दलको नेताबाट पनि हटाउने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी - नेकपा प्रचण्ड माधव पक्षको संसदीय दलको बैठक बुधवार बस्दैछ। दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक तय भएको नेता देव गुरुङले जानकारी दिए।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने उनले बताए। मंगलवारै प्रचण्ड माधव नेपाल पक्षले ओलीलाई नेकपाको अध्यक्षबाट हटाएको छ। प्रतिनिधि सभा विघटनपछि सत्तारुढ दलमा फुट आएको हो। यता प्रधानमन्त्री ओलीले भने हिजै केन्द्रीय कमिटी विस्तार गरी आफ्नो पक्षमा बहुमत जुटाउने प्रयास गरिसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell