PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

ओली समूहले चयन गरेको नेकपा केन्द्रीय सदस्यमा पर्साका परे ८ जना



ओली समूहले चयन गरेको नेकपा केन्द्रीय सदस्यमा पर्साका परे ८ जना

वीरगंज : नेपाल कम्युनिस्ट पार्टीको ओली समूहले मंगलवार बालुवाटारमा गरेको भेलाले केन्द्रीय समितिको बैठकले पर्साका आठ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। नेकपामा केन्द्रीय सदस्यको रुपमा प्रतिनिधित्व गर्ने निर्मला देवकोटा ओलीले नेतृत्व गरेको कमिटीमा छिन्। त्यस्तै उर्मिला अर्याल, नागेन्द्र चौधरी र रामचन्द्र साह प्रचण्ड–माधव समूहमा रहेका छन्। बालुवाटारमा भएको बैठकले नेकपाका पर्सा अध्यक्ष प्रभू हजरालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गरेको छ।

त्यसैगरी, संविधान सभाका सदस्य प्रदुम्न चौहान, राजकुमार गुप्ता, जयप्रकाश थारु, डा.विश्वम्भर शर्मा, बसरुदिन अन्सारी र बिना शर्मालाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरिएको नेकपा पर्साका जिल्ला अध्यक्ष एवं ओली समूहका नेता प्रभू हजराले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell