PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

के भएको थियो जसले अनर्व गोस्वामीको कार्यक्रम भयो दण्डित?



के भएको थियो जसले अनर्व गोस्वामीको कार्यक्रम भयो दण्डित?

ब्रिटेनको अफिस अफ कम्युनिकेसन (अफकम) ले अर्नब गोस्वामीको च्यानल रिपब्लिक भारतको एक कार्यक्रममा घृणा असहिष्णुता बढाएको भन्दै जरिवाना गरेको छ। अफिस अफ कम्युनिकेसन ब्रिटेनमा न्युजको च्यानलको ब्रोडकास्टमा अधिकार राख्ने वर्डवाइड मिडिया नेटवर्कमाथि २० हजार पाउन्डको जरिवाना गराएको हो।

जारी आदेशमा अफकमको ब्रोडकास्ट सम्बन्धी नियमको उल्लङ्घन गरेको आरोप लगाइएको छ। रिपब्लिक भारतमा च्यानलमा उक्त कार्यक्रम ६ सेप्टेम्बर २०१९ मा प्रसारण गरिएको थियो।

यो जरिवान सेप्टेम्बर ६ मा प्रसारित 'पुछता हे भारत' भन्ने कार्यक्रमलाई लिएर लगाएको हो। त्यसको साथै उक्त कार्यक्रमलाई नै फेरि प्रसारण नगर्न समेत आदेश दिएको छ।

के भएको थियो?

'पुछता हे भारत' रिपब्लिक भारतको त्यो कार्यक्रम हो जसलाई अर्नव गोस्वामीले सञ्चालन गर्ने गर्छन्। यस कार्यक्रममा अतिथिहरुलाई बोलाएर विभिन्न मुद्दामा बहस चलाउँछन्। यही कार्यक्रमको ६ तारिखको उक्त एपिसोडले ब्रोडकास्टिङको नियमहरुको उल्लंङ्घन गरेको भन्दै जरिवाना लगाएको हो।

अफकमले कार्यक्रममा बहसका क्रममा अपमानजनक भाषा, घृणा फैलाउने ब्यक्ति र अभिब्यक्ति, समुदाय, धर्म र जातिविरुद्धको आपत्तीजनक टिप्पणी गरेको आरोप छ। आदेशमा पाकिस्तान र पाकिस्तानीविरुद्ध आपत्तिजनक टिप्पणी गरिएको आरोप छ।

आदेशमा गोस्वामीले सञ्चालन गरेको उक्त कार्यक्रममा ६ जना अतिथि रहेको र जसमा तीन भारतीय तथा तीन पाकिस्तानी रहेको बताएको छ।

उक्त कार्यक्रम भारतको चन्द्रमा मिसन 'चन्द्रयान २' लाई लिएर थियो। जसमा भारत र पाकिस्तानबीच प्रविधिका हिसाबले भएको विकासको चर्चा गरिएको थियो।

आदेशमा लेखिएको छ : कार्यक्रममा प्रस्तोता तथा सहभागी केही अतिथिहरुले पाकिस्तानलाई यसरी चित्रित गरेका छन् कि मानौ सबै पाकिस्तानी चरमपन्थी हुन्। हरेक पाकिस्तानी बच्चा चरमपन्थी हुन्। कार्यक्रममा सहभागी एक अतिथिले त पाकिस्तानका एक वैज्ञानिकलाई 'चोर' भनेका छन्। अर्का अतिथिले 'भिखारी' भनेका छन्। त्यस्तै यिनै आलोचनाहरुका बीच प्रस्तोताले भनेका छन्, 'हामी बैज्ञानिक बनाउँछौं, तिमीहरु चरमपन्थी।'

आदेशमा उक्त कार्यक्रमको भाषा भड्काउने किसिको भएको बताइएको छ। साथै कार्यक्रममा पाकिस्तानको तर्फबाट आफ्नो मत राख्ने अतिथिहरुलाई बारम्बार रोकिरहिएको थियो। उनीहरुलाई आफ्नो पक्षबाट मत राख्ने अवसरसमेत दिइएको थिएन।

अफकमको आदेशमा यो कार्यक्रम पुन: प्रसारण नगर्न र यस्ता घटना दोहोरिन नदिन सुनिश्चित गर्नका लागि कदम उठाउन भनिएको छ।

आफ्नो सुरुवाती जवाफमा वल्डभ्यू मिडियाले आफ्नो तर्फबाट जानाजान कमजोरी नभएको स्पस्ट पारेको छ।

बीबीसी हिन्दीबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell