PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

केन्द्रको छायाँ प्रदेशमा : वाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव



केन्द्रको छायाँ प्रदेशमा : वाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

काठमाडौं : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ।

केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई कित्तामा विभाजित भएको छ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका प्रदेश संसदहरुले पौडेलविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।  

आजै मुख्यमन्त्री पौडेल सरकारबाट तीनजना मन्त्रीले राजीनामा दिएका छन्। प्रदेशका आन्तरिक व्यवस्था मन्त्री शालिकराम जम्कट्टेल, उद्योग पर्यटन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल र  सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका हुन्।

उनीहरुले प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले आफूखुशी काम गरेको र संसदीय दलको कुरा नमाने आरोप लगाउँदै राजीनामा दिएका हुन्।

मुख्यमन्त्री पौडेल ओली निकट नेता हुन्। २०७४ सालमा भएको निर्वाचनमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने भनेर प्रदेश लगिए पनि पछि ओली समूहको दबाबमा पौडले मुख्यमन्त्री बनेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell