PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

जनकपुरमा पनि जल्यो प्रधानमन्त्री र राष्ट्रपतिको पुतला



सुमित मिश्र

जनकपुरमा पनि जल्यो प्रधानमन्त्री र राष्ट्रपतिको पुतला

जनकपुरधाम : संसद विघटनको विरोधगर्दै जनकपुरधाममा पनि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरिएको छ। जनता समाजवादी पार्टीको पूर्वनिर्धारित कार्यक्रम अनुसार जसपाका नेता कार्यकर्ताहरुले शुक्रवार प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन गरेका हुन्।

स्थानीय जनकचोकमा जम्मा भएका नेताहरुले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध चर्का नारावाजी समेत गरेका थिए। कडा सुरक्षाकाबीच प्रहरीलाई चुनौती दिदै जसपाका नेता कार्यकर्ताहरुले पुतला दहन गरे।

संसद विघटन गरी प्रधानमन्त्री ओलीले गैर संवैधानिक कदम चालेको भन्दै जसपाका नेता कार्यकर्ताहरुले प्रधानमन्त्रीको निरकुंश प्रवृतिविरुद्ध सबै लोकतान्त्रिक शक्तिहरु एकजुट भएर प्रतिवाद गर्नुपर्ने आवश्यकता रहेको राजपा नेता जानकीराम साहले बताए।

जसपाले भोलि ११ गते मसाल जुलुस र १२ गते सबै जिल्लामा बृहत् प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell