PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सोमवारका लागि भेट तय भए पनि आइतवार मध्यराति नै प्रधानमन्त्री र चिनियाँ उपमन्त्रीको भेटवार्ता



सोमवारका लागि भेट तय भए पनि आइतवार मध्यराति नै प्रधानमन्त्री र चिनियाँ उपमन्त्रीको भेटवार्ता

काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचाओको टोलीले आइतवार राति बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। सोमवारका लागि भेट तय भएको बताइए पनि चिनियाँ टोलीले प्रधानमन्त्री ओलीलाई आइतवार राति नै भेट गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनाएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले उक्त भेटको पुष्टि गरेका हुन्। दुई घण्टाको भेटमा के कुरा भयो, त्यसबारे केही खुलाइएको छैन।

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले काठमाडौँ उत्रिएसँगै राजनीतिक भेटघाट सुरु गरेको थियो। आइतबार कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री येचाओको नेतृत्वमा काठमाडौं उत्रेको प्रतिनिधिमण्डल राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरिसकेका छन्।

प्रतिनिधिमण्डलले आइतबार साँझ नै राष्ट्रपति भण्डारीसँग शीतल निवासमा भेटवार्ता गरेको हो। चिनियाँ टोलीले भेटमा राष्ट्रपति भण्डारीलाई चिनियाँ समकक्षीको सन्देशबारे जानकारी गराएको स्रोत बताउँछ। यद्यपि भेटवार्ताका क्रममा भएका छलफलबारे औपचारिक रुपमा दुवै निकायबाट जानकारी भएको छैन।

पुस ५ गते हठात भएको प्रतिनिधिसभा विघटनपछि आन्तरिक राजनीतिक तरंगित छ। कानुनी रुपमा बाहेक पार्टी विभाजन भइसकेको अवस्थामा उत्तरी छिमेकबाट राजनीतिक भ्रमण भएको हो।

प्रतिनिधिमण्डलले नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुसँग पनि सोमबार नै भेट गर्नेछन्। नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग सोमबार खुमलटारमा भेटको कार्यक्रम रहेको स्रोत बताउँछ। यस्तै, नेता माधवकुमार नेपालसँग पनि निवास कोटेश्वरमा नै भेट हुनेछ। वरिष्ठ नेता झलनाथ खनाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि चिनियाँ टोलीले भेट गर्ने सम्भावना रहेको स्रोत बताउँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell