PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रतिनिधि सभा विघटनविरुद्ध काँग्रेस सडकमा : देउवाले भक्तपुरमा सम्बोधन गर्दै, पौडेल पुगे गृहजिल्ला तनहुँ



प्रतिनिधि सभा विघटनविरुद्ध काँग्रेस सडकमा : देउवाले भक्तपुरमा सम्बोधन गर्दै, पौडेल पुगे गृहजिल्ला तनहुँ

काठमाडौं : केपी ओलीको सरकारले प्रतिनिधि सभा विघटन गरेसँगै प्रतिपक्षी दलहरु सडकमा उत्रेका छन्। यसैगरी आज प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ।

यसका लागि शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रमसमेत तय भएको छ। काँग्रेस सभापति शेरबहादुर देउवा भक्तपुरको क्षेत्र नम्बर २ मा सम्बोधनका लागि जाँदैछन्। शंखधर चोकमा हुने सभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको भक्तपुर काँग्रेस सभापति दुर्लभ थापाले जानकारी दिए।

यता वरिष्ठ नेता रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ पुगिसकेका छन्। उनले क्षेत्र नम्बर १ को दमौलीमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव चिरञ्जीवी पौडेलले जानकारी दिए।

यता काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौंको कोटेश्वरमा सम्बोधन गर्दैछन्। नेता प्रकाशमान सिंहले नयाँ बानेश्वरमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। नेता गगन थापा नेपालगञ्ज पुग्दैछन्। मीनेन्द्र रिजाल प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला पुगेका छन्। शीर्ष नेता देखि अधिकाँश केन्द्रीय सदस्यहरु विरोध सभालाई सम्बोधन गर्न आफ्नो निर्वाचन क्षेत्रमा खटिएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell