PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

'रिस्टोर पार्लियामेन्ट' भन्दै प्रतिनिधि सभा विघटनविरुद्ध न्युयोर्कमा प्रदर्शन



'रिस्टोर पार्लियामेन्ट' भन्दै प्रतिनिधि सभा विघटनविरुद्ध न्युयोर्कमा प्रदर्शन
फोटो : Sasang Lama

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमविरुद्ध अमेरिकाको न्युयोर्कमा प्रदर्शन भएको छ। न्युयोर्कका नेपालीहरुको उपस्थितिमा प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गरिएको हो।

ज्याक्सनहाइटस्थित डाइभर्सिटी प्लाजा अगाडि उभिएर नेपालीहरु 'रिस्टोर पार्लियामेन्ट', 'वि वान्ट डेमोक्रेसी, नो अटोक्रेसी'जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। स्थानीय समयअनुसार आइतवार साँझ भएको प्रदर्शनमा ओलीले संविधानमाथि प्रहार गरेको प्रदर्शनकारीहरुले आरोप लगाएका थिए। विरोध कार्यक्रमलाई विभिन्न संघसंस्थाका प्रतिनिधिले सम्बोधन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell