PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

काँग्रेसको नेतृत्वमा संविधान जारी भएको हो, यसमाथिको प्रहार हामी सहेर बस्दैनौँ : प्रकाशमान सिंह



काँग्रेसको नेतृत्वमा संविधान जारी भएको हो, यसमाथिको प्रहार हामी सहेर बस्दैनौँ : प्रकाशमान सिंह

काठमाडौं : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओलीको सरकारले संविधानमाथि प्रहार गरेको बताएका छन्। संविधानमा व्यवस्था भएको हकभन्दा ट्र्याक बाहिर गएर ओली सरकारले कू गरेको आरोप लगाउँदै काँग्रेस अब सहेर नबस्ने उल्लेख गरे।

'काँग्रेस आदर्शको राजनीति गर्ने पार्टी हो। ओली सरकारले संवैधानिक कू गरेको छ। काँग्रेसकै नेतृत्वमा संविधानसभाबाट संविधान जारी गरेको थियो। त्यसैले यसमाथिको प्रहार हुँदा चुप लागेर बस्दैन,' नेता सिंहले भने, ' टुलुटुलु हामी हेरेर बस्नेछैनौ।'

काठमाडौं क्षेत्र नम्बर १ को आयोजनामा नयाँ बानेश्वरमा भएको विरोधसभामा सोमवार सम्बोधन गर्दै ओली सरकार गठनदेखि नै असंवैधानिक कदम चाल्न शुरु गरेको आरोप लगाए। 'शपथ नलिइकनै प्रधानमन्त्री बनेको हो ओली। शुरुदेखि नै नियम मिचेको हैन ओली सरकारले?' प्रकाशमानको प्रश्न थियो।

काँग्रेसले पटकपटक ओली सरकार असफल भइसकेको भन्दा पनि उनका पार्टीका अरु नेताले नसुन्दा देखले प्रतिनिधि सभा विघटनजस्तो घटना व्यहोर्नुपरेको दाबी गरे। उनले भने, 'नैतिक राजनीतिक र वैधानिक रुपले हैसियत गुमाइसकेको काँग्रेसले चेतावनी दिइसकेको थियो। वैशाखदेखि काँग्रेसले भनेको भनेकै थियो। अनि पार्टीभित्र झगडा भयो। व्यवस्थापन गर्न नसकेक रिस चै प्रतिनिधि सभामा पोखेर के गर्न खोजेको?'

झन्डै दुई तिहाई मत पाएको ओली जनप्रतिनिधिको मत लिन डराएको उनको भनाई थियो। उनले भने, 'ओली सरकार जनप्रतिनिधिको अगाडि आएर विश्वासको मत लिन नसक्ने कस्तो खाले सरकार हो। जनप्रतिनिधिको सामना गर्न नसक्ने कस्तो खाले सरकार हो?'

संवैधानिक पाटोमा जानुपर्नेमा आफ्नै पार्टीको समर्थन लिन नसक्ने ओली सरकारले चालेको कदम अवैधानिक रहेको काँग्रेसको ठहर रहेको उनको भनाई थियो।

ओली सरकारले जनताले दिएको म्यान्डेटलाई लत्याएको उल्लेख गर्दै उनले काँग्रेसले सरकारको अधिनायकवादी कदममा सक्दो विरोध गर्दै आएको बताए। कम्युनिस्ट सरकार जनतालाई सेवा गर्न भन्दा पनि कमिसन, भ्रष्टाचार गर्न र जनहीत विपरितका काममा अग्रसर भएको आरोप प्रकाशमानको थियो।

सिंहले प्रतिनिधि सभा विघटन नसच्चिएसम्म काँग्रेसले विरोध जारी राख्नेसमेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell