PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बानेश्वरमा प्रचण्ड-नेपाल निकट अनेरास्ववियुले निकाल्यो मसाल जुलुस

बानेश्वरमा प्रचण्ड-नेपाल निकट अनेरास्ववियुले निकाल्यो मसाल जुलुस


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूह निकट विद्यार्थी संगठन (अनेरास्ववियु)ले काठमाडौंमा मसाल जुलुस निकालेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-नेपाल निकट विद्यार्थी नेता कार्यकर्ताहरुले बानेश्वर क्षेत्रमा मसाल जुलुस निकालेको हो।

प्रतिनिधिसभा विघटनको विरोधमा पूर्व निर्धारित कार्यक्रम अनुरुप प्रचण्ड-नेपाल पक्षले सोमवार उपत्यकाका विभिन्न क्षेत्रमा विरोधका कार्यक्रम गरेको थियो। बानेश्वरसँगै चाबहिल, मिनभवनलगायतका स्थानमा मसाल जुलुससहितका विरोध कार्यक्रमहरु आयोजना गरिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell