PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

सडकबाटै जनताले राजा फाले, अब केपी ओली शासन पनि ढल्नेछ : अष्टलक्ष्मी शाक्य



सडकबाटै जनताले राजा फाले, अब केपी ओली शासन पनि ढल्नेछ : अष्टलक्ष्मी शाक्य

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान माथि कू गरेर जनताको अधिकार खोसेको बताएकी छिन्।

प्रदर्शनीमार्गमा भइरहेको विरोधसभालाई सम्बोधन गर्दै शाक्यले जनताले राजाको निरंकुश शासन सडकबाटै फालेको भन्दै ओली शासनलाई पनि फाल्ने बताइन्।

'हामी राजाविरुद्ध सडकमा ओर्लिएका थियौं। अहिले ओलीविरुद्ध सडकमा छौं। जनताको शक्तिको अघि कस्ता कस्ता तानाशाह त ढले भने ओलीको शासनपनि ढल्नेछ।'

शाक्यले ओली कमरेड नभइ निरंकुश शासक भएको भन्दै भनिन्, 'जनताको अधिकार खोसेर ओली कमरेड रहेनन्। उनी निरंकुश सामन्ती शासक ओली बने। जनताको खोसिएको अधिकार प्राप्त गर्ने आन्दोलन राजाले रोक्न सकेन भने ओलीले पनि सक्दैन।'

गणतन्त्र संघीयत र लोकतन्त्र आएपछि राजनीतिक अधिकार स्थापित भएकोमा नेपालीहरुले गर्व गरिरहेको बेला ओलीले संविधान र जनताको इच्छामाथि नै प्रहार गरेको उनले बताइन्।

संविधान निर्माणपछि राजनीतिक स्थायित्व कायम हुन्छ भनेर जनताले नेकपालाई अभिमत दिएर सम्मान गरेर भन्दै उनले ओलीले जनताको विश्वास तोडेको बताइन्।

'ओली प्रधानमन्त्री भएपछि गण्तन्त्र नेपाल बलियो हुन्छ भन्ने लागेको थियो। तर ओलीले संवधानमाथि कू गरेर जनताको लोकतान्त्रिक अधिकार खोसेको छ' उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell