PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

लागुऔषध ब्राउनसुगरसहित वीरेन्द्रनगरबाट दुई महिला पक्राउ



लागुऔषध ब्राउनसुगरसहित वीरेन्द्रनगरबाट दुई महिला पक्राउ

सुर्खेत : सुर्खेत प्रहरीले लागुऔषधसहित दुई महिलालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष २८ की शान्ति सिंह र कौशिला सिंह लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन्।

लागुऔषधको कारोबार गर्दै आएको विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक गोपाल रायमाझीको टोलीले शान्ति सिंहको घरमा खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको १४ ग्राम ९७० मिलीग्राम लागुऔषध पदार्थ र नेपाली विभिन्न दरको नोट २१ हजार पाँच सय बरामद गरेको प्रहरीले जनाएको छ।

लागुऔषध ब्राउनसुगरको कारोबारमा संलग्न दुवैलाई लागुऔषध ब्राउनसुगर खरिद, ओसारपसार, सञ्चय तथा बिक्रि गरेको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell