PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

थप ५११ जनामा कोभिड-१९ संक्रमण पुष्टि, ७ जनाको मृत्यु



थप ५११ जनामा कोभिड-१९ संक्रमण पुष्टि, ७ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ५११ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। यो अवधिमा ६०० जना निको भएका छन्। कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ।

योसहित देशभर २ लाख ६० हजार ५९ जनालाई कोभिड संक्रमण पुष्टि भएको छ। हाल ६ हजार तीन सय जना सक्रिय संक्रमित रहेका छन्। २ लाख ५१ हजार ९१२ जना कोभिड संक्रमणमुक्त भइसकेका छन्। देशभर हालसम्म एक हजार ८ सय ४७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell