PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

मिस युनिभर्स नेपाल-२०२० को ताज अंशिका शर्मालाई



मिस युनिभर्स नेपाल-२०२० को ताज अंशिका शर्मालाई

काठमाडौं : मिस युनिभर्स नेपाल-२०२० को उपाधि अंशिका शर्माले हात पारेकी छिन्। बुधवार भएको ग्र्यान्ड फिनालेमा १८ सुन्दरीलाई पछि पार्दै अंशिकाले उपाधि जितेकी हुन्।

अंशिकाले १० लाख नगदसहित १५ लाखबराबरको क्राउनसमेत गरी २५ लाख बराबरको पुरस्कार समेत जितेकी छिन्। अष्ट्रेलियाबाट प्रतियोगितामा सहभागिता जनाएकी उनी गैरआवासिय नेपाली हुन्।

पहिलो पटक स्वतन्त्र रूपमा भएको मिस युनिभर्स नेपाल प्रतियोगिताको आयोजना ब्रेभ बोल्ड ब्युटिफुल प्रालिले गरेको हो। मिस युनिभर्स नेपालका लागि पाँच सय जनाले आवेदन दिएका थिए। जसमध्ये पहिलो चरणमा ९७ जनालाई छनोट गरिएको थियो।

प्रतियोगितामा नेपाली तथा गैरआवासीय नेपाली युवतीसमेत सहभागी थिए। प्रतियोगिताको निर्णायकमा माल्भिका सुब्बा, अनुपमा कुञ्जेली, चारु चड्डा, अभया सुब्बा, उषा रजत र प्रेरणा शाह थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell