PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

गुडबाइ २०२०, 'बिर्सनलायक वर्ष'लाई बिदाइ गरिँदै

गुडबाइ २०२०, 'बिर्सनलायक वर्ष'लाई बिदाइ गरिँदै


आज सन् २०२० को अन्तिम दिन। यो वर्ष कोरोना भाइरसको संक्रमणका कारण विश्व नै ठप्प बन्यो। सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसले सन् २०२० मा विश्वभर कहर मच्चायो।

केही स्थानमा बाहेक विश्वका अधिकांश क्षेत्रमा कोरोना संक्रमण देखियो। लकडाउनका कारण करोडौं जनता घरभित्र थुनिए। सबै क्षेत्र ठप्प बने। वर्षको अन्त्यसम्म कोरोना संक्रमणबाट विश्व नै त्रसित छ।  केही भ्याक्सिनहरु प्रयोगमा आएपनि फेरि कोरोना भाइरसको नयाँ प्रकार फैलिन थालेको छ। जसकारण नयाँ वर्षमा समेत कोरोना नियन्त्रणमा बित्ने अनुमान गरिएको छ।

यता, ‘बिर्सनलायक वर्ष’ का रुपमा आज सन् २०२० को बिदाइ गरिँदैछ। पहिलाजस्तै ठूलो संख्यामा मानिसहरु भेला भइ न्यू एयर इभ पार्टीहरु मनाइएका छैनन्। पर्यटकीय शहरहरु प्राय: सुनसान छन्। केही स्थानमा भने सामाजिक दूरी कायम गरेर र स्वास्थ्य मापदण्ड अपनाएर कार्यक्रम आयोजना गर्न छुट दिइएको छ।

Photo : Reuters

 



ट्रेन्डिङ पोस्ट

Ncell