PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

'मास्क वर्ष' २०२०ः अन्त्य होला कोरोना बाध्यता?



'मास्क वर्ष' २०२०ः अन्त्य होला कोरोना बाध्यता?
PHOTO : GUARDIAN

काठमाडौं: सन् २०२० यादगार रह्यो सबैका लागि। कारण बन्यो कोभिड १९। भाइरस विश्वकै लागि नौलो थियो त्यसैले सन् २०२० को सुरुवातसम्म यसलाई हल्का रुपमा लिइयो। पछि कोरोना भाइरसले विश्वलाई नै ढपक्कै छोप्यो। जहिलै व्यस्त रहने विश्वले महिनौंसम्म शान्ति पायो। करोडौं मानिस घरभित्रै थुनिए। विश्वभरका सडक सुनसान देखिए। सबै क्षेत्र बन्द रहे।

सन् २०२० मा मात्रै १ लाख ८० हजारभन्दा बढीले कोभिड १९ का कारण ज्यान गुमाए। सबैभन्दा प्रभावित रह्यो अमेरिका। त्यहाँमात्रै ३ लाख ४२ हजारभन्दा बढीको संक्रमणका कारण मृत्यु भयो। त्यसपछि ब्राजिलमा १ लाख ९३ हजार,  भारतमा १ लाख ४८ हजार र  मेक्सिकोमा १ लाख २४ हजारभन्दा बढीले ज्यान गुमाए। अन्य देशमा पनि हजारौंको मृत्यु भयो। नेपालमा १ हजार ८५६ संक्रमितको मृत्यु भयो।

सन् २०२० को अन्त्यसम्म ८२ लाख ८६ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भयो। अमेरिकामा मात्रै १ करोड ९७ लाख ६३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भयो। यस्तै, भारतमा पनि १ करोड २ लाख ६६ हजारभन्दा बढीमा संक्रमण देखियो। अन्य देशहरुमा पनि दैनिकजसो संक्रमित थपिँदै छन्। नेपालमा २ लाख ६० हजार ५८३ जनामा संक्रमण देखिएको छ।

संक्रमणका कारण यो वर्ष खुबै चर्चामा रह्यो ‘मास्क’। कोरोनाबाट बच्न र यो भाइरसलाई फैलिनबाट रोक्न एउटामात्रै अस्त्र थियो ‘मास्क’। अहिले मास्क विश्वभरका मानिसको दैनिकी जस्तै बनेको छ।

हाल संक्रमणको अवस्था नियन्त्रणमा आइसकेको छैन। यद्यपि, भाइरस नियन्त्रणको आशा भने केही भ्याक्सिनले दिएका छन्। तर कोरोना भाइरसको रुप बदलिँदा फेरि संक्रमणको जोखिम बढेको छ। बेलायतमा देखिएको यो नयाँ प्रकारको भाइरस अन्य देशमा समेत देखिएको छ। त्यसैले सन् २०२१ समते मास्कमय नै हुने अनुमान छ।

कतिपय देशमा कडाइका साथ मास्क लगाउन अनिवार्य गरिएको छ। मास्क नलगाए हजारौंसम्मको जरिवाना गरिएको छ। केही देशहरुले भने मास्क लगाउन खुकुलो नियम बनाएका छन्।

कोरोनाका कारण मास्कको व्यापार भने फस्टायो। विश्वभर मास्कको माग ह्वात्तै बढ्यो। सर्जिकल मास्क सँगै अन्य प्रकारको मास्कको त केही समय अभाव नै भयो।

कोभिड १९ ले मास्कको ट्रेन्ड समेत बढ्लियो। फेसनएवल मास्कदेखि डिजाइनर मास्क समेत बने। मास्क न्यू नर्मल बन्यो।

सन् २०२१ मा पनि मास्कले हामीलाई यति सजिलै छाड्ने देखिँदैन। किनभने कोरोना पूरै तरिकाले नियन्त्रणमा आइसकेको छैन।

हाल कोभिड १९ लाई धेरै देशमा अटेरी भइरहेको छ। जसकारण फेरि संक्रमणको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ। कोरोनाविरुद्ध भ्याक्सिनहरु आए पनि त्यो पूरै विश्वमा पुग्न अझै महिनौं लाग्ने पक्का छ। त्यसैले आफ्नो सुरक्षाका लागि मास्क भने प्रयोग अहिले पनि अनिवार्य छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell