PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

बहुमत नभएकाले प्रचण्ड-नेपाल संसदीय अभ्याससँग डराए :प्रधानमन्त्री ओली



बहुमत नभएकाले प्रचण्ड-नेपाल संसदीय अभ्याससँग डराए :प्रधानमन्त्री ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा आफूसँग बहुमत रहेको दाबी गरेका छन्। ३६ देशमा रहेका प्रवासी नेपालीका अगुवाहरुको सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै ओलीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अल्पमतमा रहेको बताए। 

प्रचण्ड-नेपाल समूहको बहुमत नभएकैले उनीहरु संसदीय अभ्यासको सामाना गर्न डराएको ओलीको आरोप छ।

'उहाँहरुसँग बहुमत भए संसदीय दलमा आएको भए हुन्थ्यो। म पनि बहुमतबाटै आएको नेता हो। दुईवटा पार्टी जोड्दा एक भएको हो। दुई अध्यक्षको व्यवयस्था गरेको हो,' ओलीले भने।

आफूले संसद विघटन गरेर चुनावमा जान घोषणा गरेको र त्यसबाट प्रचण्ड नेपाल डराएको उनको भनाई छ। प्रचण्ड नेपालमा निराशा देखिएको ओलीको दाबी छ।

'म साथीहरुलाई भन्न चाहन्छु कृपया निराश नहुनुस्। तपाईहरु निराश भए देशको अग्रमनका लागि जनता निराश हुन्छन्। हाम्रो निराशा जनतामा सम्प्रेषण हुन्छ,' ओलीले भने।

प्रचण्ड-नेपालले पार्टीलाई सक्रिय बन्न नदिएको भन्दै ओलीले उनीहरुको समूह पार्टीमा नहुँदा पार्टी शुद्धिकरण हुने बताए। 

'जगडिएका कार्यकर्ता मुक्त भएर चुनावमा जाने कुरा भएको छ। हामीसँग कस्ता कस्ता मानिसहरु थिए त्यस्ता मानिस नभए पार्टी शुद्धिकरण हुन्छ। जनआधारित पार्टी बन्न लागेको छ,'उनले भने।

अब एकता प्रचण्ड-नेपालले जनमत स्वीकार मात्रै सम्भव हुने ओलीको तर्क छ। उनले प्रचण्ड नेपाललाई प्रधानमन्त्रीले गरेको घोषणा स्वीकार्न आग्रह गरे।

'साथीहरु आउनहुन्छ भनेपनि जनआधारित पार्टी हो भन्ने बुझेर आउनुहुन्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell