PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

परीक्षण घट्दा घट्यो संक्रमितको संख्या, मृतकको संख्या भने बढ्दै



परीक्षण घट्दा घट्यो संक्रमितको संख्या, मृतकको संख्या भने बढ्दै

काठमाडौं : कोरोना संक्रमणका कारण आज थप ८ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोभिड १९ का कारण मृत्यु हुनेको संख्या १ हजार ८६४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४२६ जनामा संक्रमण पुष्टि भएको छ। देशभर कूल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ। कोरोना भाइरस पहिचान गर्न गरिने परीक्षणको संख्या घट्दा संक्रमितको संख्या घट्दै गएको हो। तर संक्रमितको संख्या घटेपनि मृतकको संख्यामा भने कमी आएको छ। 

हाल देशभर ६ हजार ४८ जना मात्रै सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

७४८ जना संक्रमितहरु आज संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell