PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

साउदी अरबले हटायो अस्थायी यात्रा प्रतिबन्ध



साउदी अरबले हटायो अस्थायी यात्रा प्रतिबन्ध
AMER HILABI/AFP VIA GETTY IMAGES

साउदी अरबले डिसेम्बरमा लगाएको अस्थायी यात्रा प्रतिबन्ध हटाएको छ। बेलायतमा देखिएको कोभिड १९ को नयाँ भाइरसलाई मध्यनजर गर्दै साउदीले यो प्रतिबन्ध लगाएको थियो।

साउदीको गृह मन्त्रालयले आइतवार विहान विज्ञप्ति जारी गर्दै विभिन्न देशमा लगाइएको यात्रा प्रतिबन्ध हटाएको जानकारी दिएको हो।

साउदी प्रेस एजेन्सीका अनुसार आइतवार विहान ११ बजेदिख हवाई, स्थल र समुद्रका सबै रुट खुला गरिएको गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

यद्यपि केही प्रतिबन्ध भने अझै लागु छ। जस्तै ब्रिटेन, दक्षिण अफ्रिका र अन्य देशबाट आइरहेका विदेशीका लागि भने यी देशबाट १४ दिन बाहिर बसेर आएमा मात्र प्रवेश दिइनेछ।

साउदी नागरिकलाई भने अत्यावश्यक रुपमा मात्रै प्रवेशको अनुमति दिइएको छ। यी देशबाट आएका साउदी नागरिकले १४ दिन होम क्वारेन्टाइनमा निगरानीमा बस्नुपर्नेछ।

बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ संस्करण युरोपियन देशहरु फ्रान्स, स्वीडेन र स्पेनमा पनि देखिएको छ। दक्षिण अफ्रिका, जोर्डन, क्यानडा र जापानमा पनि नयाँ भाइरसको संक्रमण पाइएको बीबीसी हिन्दीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell