PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

संघीयताको रक्षाका लागि आन्दोलनमा जानुपर्‍यो : नेता पोखरेल



संघीयताको रक्षाका लागि आन्दोलनमा जानुपर्‍यो : नेता पोखरेल

लहान : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गिरिराजमणि पोखरेलले सङ्घीयता रक्षाका लागि आन्दोलनमा जानुपरेको बताएका छन्।

नेकपा दाहाल– नेपाल समूहद्वारा सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन यहाँ आइपगेका पोखरेलले आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिनिधिसभा विघटनबाट मुलुकमा अस्थिरता र सङ्घीयता समाप्त हुने अवस्थामा पुगेका आरोप लगाए।

संसद् विघटन गर्ने कार्यको विरुद्धमा आफूहरु मन्त्री पदबाट राजीनामा दिइ सडकमा आएको उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell