बाग्मती प्रदेशमा चालक अनुमतिपत्र (लाइसेन्स) का लागि प्रयोगात्मक परीक्षा खुला भएको छ। लकडाउनले करिब १० महिना बन्द रहेको दुई पाङ्ग्रे, चारपाङ्ग्रे तथा ठूला सबै प्रकारका सवारी साधनको लाइसेन्सको आवेदन र परीक्षा सुरु भएको हो।
यातायात व्यवस्था कार्यालय ठूलो भर्याङको स्वीकृतिमा चन्द्रागिरि नगरपालिका वडा १२ बलम्बूस्थित गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरले आजदेखि पुनः प्रयोगात्मक परीक्षा सञ्चालनमा ल्याएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा शुरु भएको एकेडेमीका अध्यक्ष राजेश घिमिरेले जानकारी दिए।
त्यसैगरी एकान्तकुना स्थित यातायात कार्यालयमा पनि आवेदन तथा लाइसेन्स सम्बन्धी अन्य कामहरु सुरु भएका छन्। दृश्यमा हेर्नुस् ट्रायल तथा परीक्षाको चटारो: