कञ्चनपुर : यहाँको झिलीमिली सामुदायिक वन उपभोक्ता समूहले खेलाडीलाई खेल सामग्री सहयोग गरेको छ।
वनका अध्यक्ष अर्जुन साउदले आइतवार कृष्णपुर नगरपालिका वडा नम्बर २ बंक नन्दिपुरका खेलाडी युवाहरूलाई भलिबल, भलिबल नेट, ब्याडमिन्टन, ब्याडमिन्टन नेट, कर्क लगायतका खेल सामग्री हस्तान्तरण गरेका हुन्।
आजको आवश्यकता वन वातावरण र जैविक विविधता संरक्षणमा युवाहरूको सक्रिय सहभागिता भन्ने नाराका साथ खेल सामग्री सहयोग गरिएको अध्यक्ष साउदले बताए।