PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

अमेरिकी प्रतिनिधि सभाको सभामुखमा न्यान्सी पेलोसी निर्वाचित



अमेरिकी प्रतिनिधि सभाको सभामुखमा न्यान्सी पेलोसी निर्वाचित
फोटो : Getty Images

अमेरिकी तल्लो सदन कँग्रेसको सभामुखमा न्यान्सी पेलोसी पुन निर्वाचित भएकी छन्। आइतवार चौथोपटक उनी यस कार्यकालका लागि निर्वाचित भएकी हुन्। ८० वर्षीय उनले अबको २ वर्ष प्रतिनिधि सभाको सभामुख पद सम्हाल्नेछिन्।

कँग्रेसमा डेमोक्रेट्सको बाहुल्यता रहेको छ। यद्यपि उनलाई सभामुख पदमा निर्वाचित हुनका लागि २१६ मत खसेको थियो। कँग्रेसको ११७ औं अधिवेशनमा भएको निर्वाचनमा दुई डेमोक्रेट्सले उनको साथ छोडेको थियो। उनको विपक्षमा २०९ मत खसेको थियो।

१७ वर्षयता डेमोक्रेट्स नेता रहेकी उनी क्यालिफोर्नियाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै आएकी छिन्। अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपतिपछि सभामुख तेस्रो शक्तिशाली पद हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell