PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

जर्जियाको मत परिणाम उल्ट्याउन ट्रम्पको दबाव : पुन मतगणना गर्न धम्कीदेखि अनुरोध गरेको अडियो सार्वजनिक



जर्जियाको मत परिणाम उल्ट्याउन ट्रम्पको दबाव : पुन मतगणना गर्न धम्कीदेखि अनुरोध गरेको अडियो सार्वजनिक

अमेरिकी राष्ट्रपटि डोनाल्ड ट्रम्पले जर्जियाको मत परिणाम उल्ट्याउनुपर्ने दबाव दिएको फोन कल सार्वजनिक भएको छ। जर्जियाका सेक्रेटरी अफ स्टेट ब्रड राफेन्सपर्जरलाई झन्डै एक घन्टा कुराकानी गर्दै पुन मत गणना गर्न दबाव दिएको फोन कल मिडियाहरुमा सार्वजनिक भएको हो।

अडियो विवरणअनुसार ट्रम्पले ब्रडसँग जर्जियाका मानिसहरु मत परिणामबाट रुष्ट रहेको र पुन मनगणना आवश्यक रहेको दाबी गरेका छन्। यद्यपि उनको दाबीलाई आधारहीन भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्। ब्रडसँगको कुराकानीमा उनले कतै धम्की दिन खोजेका छन् भने कतै अनुरोधको प्रयास गरेका छन्।

ट्रम्पको दबावलाई ब्रडले अस्विकार गरेका छन्। उनले राष्ट्रपतिसँग गलत तथ्यांक भएकाले पुन गणना सम्भव नरहेको बताएका छन्।

ट्रम्पले फोनमा भनेका छन्, ‘जर्जियाका मान्छेहरु रिसाइरहेका छन्। देशभरका मान्छेहरु पनि रिसाइरहेका छन्। पुन गणना गरेको भनेर बताउँदा केही गलत हुँदैन।’

‘राष्ट्रपतिज्यू, तपाईसँग भएको तथ्यांक नै गलत छ,’ जवाफमा ब्रडले भनेका छन्।

११,७८० मत आफूले चाहेको ट्रम्पले बताएका छन्। सन् २०१६ मा जर्जियामा ट्रम्प विजयी भएका थिए। २०२० को निर्वाचनमा भने डेमोक्रेट्स् उम्मेद्वार जो बाइडेन झन्डै १३ हजार मत बढी ल्याएर निर्वाचित भए। योसँगै उनी भावी राष्ट्रपतिका रुपमा यही जनवरी २० मा ह्वाइट हाउस प्रवेश गर्दैछन्। ट्रम्प भने बिदा हुँदैछन्।

ट्रम्पको अनुरोधमा जर्जियामा पुन मत गणना हुँदा पनि उनको पक्षमा जित निक्लेको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell