PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

कोरोनालाई परास्त गर्दै काममा फर्किइन रकुलप्रीत सिंह, सुरु भयो ‘मेडे’को शुटिङ



कोरोनालाई परास्त गर्दै काममा फर्किइन रकुलप्रीत सिंह, सुरु भयो ‘मेडे’को शुटिङ

बलिउड अभिनेत्री रकुलप्रीत सिंहले कोरोना भाइरसलाई परास्त गरेकी छन्।

कोभिड १९ संक्रमणबाट मुक्त भएकी रकुलप्रीतले अजय देवगन र अमिताभ बच्चन स्टारर फिल्म ‘मेडे’को शुटिङ फेरि सुरु गरेकी छन्। फिल्म 'मेडे'लाई अजय देवगनले निर्माण र निर्देशन गर्दैछन्।

उनले इंस्टाग्राममार्फत शुटिङमा फर्किएको जानकारी दिएकी छन्। रकुलप्रीतले २२ डिसेम्बरमा आफू कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिएकी थिइन्। २९ डिसेम्बरमा उनको रिपोर्ट नेगेटिभ आएको थियो।

रकुलप्रीत 'मेडे'का साथै फिल्‍म 'अटैक'मा पनि देखिँदै छिन्। यसमा उनको साथमा जोन अब्राहम र जैकलीन फर्नांडिस पनि हुनेछन्। यसका अलावा रकुलप्रीत अर्को एक फिल्ममा अर्जुन कपूरसँग काम गर्दैछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell