PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ओली सरकारको विरोधमा अनेरास्ववियुले बयलगाडा प्रदर्शन गर्ने : प्रधानमन्त्रीको पुत्ला जलाउनेदेखि मन्त्रीलाई कालो झण्डा देखाउने



ओली सरकारको विरोधमा अनेरास्ववियुले बयलगाडा प्रदर्शन गर्ने : प्रधानमन्त्रीको पुत्ला जलाउनेदेखि मन्त्रीलाई कालो झण्डा देखाउने
पुस ६ गते प्रदर्शनको क्रममा नेविसंघले प्रधानमन्त्री ओलीको फोटो जलाएको थियो। फाइल फोटो

काठमाडौं : प्रचण्ड - माधव पक्षको अनेरास्ववियुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। आज बागबजारमा प्रेस सम्मेलन गरी अनेरास्ववियुले पुस ५ गते सरकारले चालेको कदमको कडा विरोध गर्ने जनाएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी निर्वाचन घोषणा गरेका थिए। अनेरास्ववियले आजैबाट सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने, प्रत्येक कलेजमा कालो ब्यानर राख्ने र कोणसभा गर्ने जनाएको छ।

९ दिनसम्म जारी रहने विरोध कार्यक्रममा पुस २६ गते बयलगाडँ प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। त्यस्तै पुस २३ गते देशव्यापी रुपमा प्रधानमन्त्री ओलीको पुत्ला जलाउने कार्यक्रम सार्वजनिक गरेको छ। माघ १ मा तेस्रो चरणको आन्दोलन शुरु गर्ने अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले जारी गरेको विज्ञप्तमा जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell