PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कालापानीबारे बोल्दा भारतमा आलोचना भएको बारे मनिषा कोइरालाको जवाफ : नेपालीले नेपाललाई माया गरौं



कालापानीबारे बोल्दा भारतमा आलोचना भएको बारे मनिषा कोइरालाको जवाफ : नेपालीले नेपाललाई माया गरौं

काठमाडौं : बलिउड अभिनेत्री एवं सामाजिक अभियन्ता मनिषा कोइरालाले नेपालीहरुले नेपाललाई माया गर्नुपर्ने बताएकी छिन्।

लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नेपालको नक्सामा समावेश गर्ने नेपाल सरकारको कदमको स्वागत गर्दा भारतमा आलोचना भएको विषयमा सोधिएको प्रश्नमा मनिषाले भारतीयले आफ्नो नजरबाट भारतलाई माया गरेको र नेपालीले नेपाललाई माया गर्नुपर्ने बताइन्। ‘भारतीयले भारतलाई माया गर्छन्। त्यसैगरी नेपालीहरुले नेपाललाई माया गर्नुपर्छ,’ उनले भनिन्।

कालापानीबारे बोल्दा त्यतिबेला भारतीय मिडियामा ‘खाते भारतको गाते है चीनको’ भनेर आलोचना भएको थियो। भारतीय नागरिकहरुले पनि विरोध जनाएका थिए।

‘पृथ्वी जयन्ती भव्य रुपमा मनाऔ’

मनिषाले पुस २७ गतेको दिन पृथ्वी जयन्ती भव्य रुपमा मनाउन सबै नेपालीलाई आह्वान गरिन्।

‘श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सबै नेपालीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाउ। जय नेपाल,’ उनले भनिन्।

पृथ्वी जयन्ती मनाउ अभियानले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा मनिषा प्रमुख वक्ता थिइन्।

‘अब समय आइसकेको छ। विगतमा जे भयो भयो। अब सबै स्वामिमानी नेपाली अघि बढ्नुपर्छ। के कारणले एकता दिवस मनाउन छोडियो भन्ने नअल्झौं। ब्यारिएरलाई सम्झिएर अघि बढौं। एकीकृत भएर जानुपर्छ,’ उनले भनिन्। उनले राष्ट्रिय एकता र स्वाभिमानका लागि राष्ट्रिय एकता दिवस मनाउनुपर्नेमा जोड दिइन।

आयोजकका अनुसार काठमाडौंका साथै पोखरा, बुटवल, नवलपरासी, वीरगंज लगायत शहरमा एकता दिवस मनाइँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell