PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

काठमाडौंमा अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुने



काठमाडौंमा अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुने
File Photo

काठमाडौं : चैतमा देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुने भएको छ। अखिल नेपाल टेबल टेनिस संघको वार्षिक कार्यक्रम अन्तर्गत स्पिन इभेन्ट्स प्रालिको आयोजनामा प्रतियोगिता हुन लागेको हो।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा चैत २ गतेदेखि ७ गतेसम्म स्वास्थ्य प्रोटोकल पालना गरेर प्रतियोगिता आयोजना गरिन लागेको आयोजकले जनाएको छ।

प्रतियोगितामा पुरुष टिम, महिला टिम, मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स भेन्ट्रान सिंगल (४० वर्ष माथि र ५५ वर्ष माथि ) गरी ६ वटा स्पर्धा हुनेछ। वडास्तरबाट प्रतियोगितामा सहभागिता हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell