PahiloPost

Oct 18, 2025 | २ कात्तिक २०८२

अखिलको कालो झण्डाको पहिलो सिकार खानेपानीमन्त्री थापा



अखिलको कालो झण्डाको पहिलो सिकार खानेपानीमन्त्री थापा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले खानेपानीमन्त्री मणि थापालाई कालो झण्डा देखाएर सरकारको विरोध गरेको छ। बुधवार जाजरकोटको भेरी नगरपालिका पुगेका मन्त्री थापालाई वडा ४ स्थित बोहरा भन्ने ठाउँमा विरोधस्वरुप कालो झण्डा देखाएका हुन्।

अनेरस्ववियुले मंगलवारदेखि सरकारविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै मन्त्रीहरुलाई कालो झण्डा देखाउन थालेको अखिल नेता सुरेन्द्र बस्नेतले जनाएका छन्। प्रतिनिधि सभा विघटनपछि प्रचण्ड माधव पक्षधर सडक संघर्षमा उत्रिएको छ। अखिलले पनि सडक संघर्षका कार्यक्रमस्वरुप मन्त्रीलाई कालो झण्डा देखाउन थालिएको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell