PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

हङकङमा सरकारविरुद्ध लागेको अभियोगमा ५३ जना पक्राउ



हङकङमा सरकारविरुद्ध लागेको अभियोगमा ५३ जना पक्राउ

हङकङमा स्वतन्त्रता पक्षधर अभियान्ता र नेताहरुलाई पक्राउ गरिएको छ। सरकारलाई 'अपदस्त' गर्ने योजना बनाएको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिइएको बीबीसीले उल्लेख गरेको छ।

नयाँ सुरक्षा कानून अन्तर्गत पक्राउ परेकाहरुको कार्य विध्वंसक भएको हङकङका अधिकारीहरुले बताएका छन्। बुधवार प्रहरीले हालसम्म कै धेरै व्यक्तिहरुलाई नयाँ सुरक्षा कानुन अन्तर्गत पक्राउ गरेको हो।

हालसम्म करिब ५३ जना पक्राउ परिसकेका छन्। यो कारवाहीका लागि १ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो।  प्रहरीले हो से वाइ एन्ड पार्टनर्सको कार्यालयमा समेत छापा हानेको थियो। पक्राउ पर्नेमा ३ जना सिभिक पार्टीका सदस्य रहेको बताइएको छ। यस्तै,  ७ जना डेमोक्रेटिक पार्टीका , २१ जना विपक्षी डिस्ट्रिक्ट काउन्सलर्स, १३ जना स्थानीय निर्वाचनका उम्मेदवार, दुई जना शिक्षाविद् र एक अमेरिकी नागरिक र एकजना मानवअधिकारवादी वकिल पक्राउ परेका छन्।

चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुइङले चीनको स्थायित्व र सुरक्षाविरुद्ध काम गर्ने बाह्य तत्व र व्यक्तिहरुलाई रोक्न आवश्यक भएको प्रतिक्रिया दिएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell