PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

ओलीले संकटकाल लगाउने खतरा बढ्यो : सीपी गजुरेल



ओलीले संकटकाल लगाउने खतरा बढ्यो : सीपी गजुरेल

काठमाडौं : देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संकटकाल लगाउने खतरा बढेको बताएका छन्।

ओलीले संविधानमा नलेखेको धारा प्रयोग गरेको भन्दै उनले संकटकालको हेक्का राखेर आन्दोलनको तयारी गर्नुपर्नेमा जोड दिए।

बानेश्वरमा नेकपाको प्रचण्ड-नेपाल समूहद्वारा आयोजित छलफलमा गजुरेलले ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई फासिवादी कदमको संज्ञा समेत दिए।

गजुरेलले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई सडकमा ल्याएकोमा धन्यवाल समेत दिए।  आन्दोलनका विषयमा आफूहरु संक्रिण नभएको समेत उनले बताए।

गजुरेलले आन्दोलनका लागि कार्यगत एकता आह्वान गर्दै भने, 'ओलीले चालेको कदम अदालतले उल्टाएमा प्रचण्ड नेपाल के गर्नु हुन्छ,आन्दोलन गर्नु हुन्छ कि हुन्न ? २३ दलको कार्यगत एकता गरौं।'

ओलीको यो कदमका कारण आउने दिनमा ठूलो प्रतिगमन हुन सक्ने भन्दै उनले त्यसको जिम्मेवारी कसले लिन्छ भनेर प्रश्न समेत गरेका छन्।

'ओलीले गर्दा मात्र प्रतिगमन भएको होइन। व्यवस्थामा पनि कहि न कहि समस्या छ, त्रुटि छ' उनले भने।  

गजुरेलले अब संसद पुन: स्थापना र चुनाव भन्दा अर्को विकल्प नभएको भन्दै त्यसबारेमा सबै दल मिलेर बहस गर्नुपर्ने समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell