PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अदालतले ओलीको निर्णय बदर गर्नु उत्तम विकल्प : रविन्द्र मिश्र



अदालतले ओलीको निर्णय बदर गर्नु उत्तम विकल्प : रविन्द्र मिश्र

काठमाडौं : विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले उल्टाउनु नै सबैभन्दा उत्तम विकल्प रहेको बताएका छन्। राजनीतिक दलहरुले अदालतमा पनि भागबण्डा गरेकोले अहिले न्यायालयमाथि नै शंका गर्नुपरेको उनको भनाइ थियो।

बानेश्वरमा नेकपाको प्रचण्ड-नेपाल समूहद्वारा आयोजित छलफलमा उनले प्रतिनिधिसभा विघटनपछि तीन वटा विकल्प रहेको बताएका हुन्। पहिलो विकल्पका रुपमा सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुलाई बदर गर्नु रहेको उनले बताए। दोस्रो विकल्पमा उनले प्रधानमन्त्री ओलीले संविधानमा नै व्यवस्था नभएको धारामा टेकेर ओलीले प्रतिनिधिसभा विघटन गरेको भनेदै सभामुखले संसद बोलाउन सक्ने विकल्प रहेको दाबी समेत गरे।

मिश्रले अबको आन्दोलन प्रचण्ड नेपाल समूहको नेकपा र जनता समाजवादी पार्टीले नेतृत्व गर्नुपर्ने बताउँदै काँग्रेसमाथि प्रश्न गरे, 'कांग्रेसले चुनावमा जाने भए पूर्व राजाले घोषणा गरेको चुनावमा किन नगएको हो।'

देशमा बारम्बार प्रतिगमन भइरहेको भन्दै उनले  अहिले नै प्रतिरोध नगरे ओलीको अनुकुलताका अधारमा मात्र निर्वाचन हुनेसक्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell