PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

म अल्पमतमा छैन : मुख्यमन्त्री गुरुङ



म अल्पमतमा छैन : मुख्यमन्त्री गुरुङ

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफू अल्पमतमा नरहेको बताएका छन्।

प्रदेश सभाको विशेष अधिवेशनमा बोल्दै गुरुङले आफू अल्पमतमा नपर्ने दाबी गरे। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) भित्रको विवादका कारण प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन सक्ने राजनीतिक आँकलनबीच मुख्यमन्त्री गुरुङले प्रस्ताव आए ढुक्कसँग सामना गर्ने बताए।

प्रचण्ड–माधव पक्षका प्रदेश सभा सदस्य दिपक कोइरालाले मुख्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमको पक्षपोषण गरिरहेको र आफूहरुले उक्त कदमको विरोध गरिरहेका कारण नयाँ सरकारका निम्ति नयाँ खालको गठबन्धनको खोजी हुने बताए। कस्तो गठबन्धन बन्ने भन्ने तय भइनसकेको भन्दै उनले नेकपाको पार्टी आधिकारिकताको विवादका कारण निर्णय गरेर अघि बढ्न नसकेको उल्लेख गरे।।

प्रदेशसभाको विशेष अधिवेशनमा कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारको बारेमा साझा संकल्पको रुपमा प्रस्तुत गर्ने निर्णय भएको मुख्यमन्त्री गुरुङले बताए। उनका अनुसार अधिवेशनमा गरिबी निवारण, बेरोजगारी समस्या समाधान र प्रदेश सरकारले अघि बढाएका वहुवर्षिय योजनाहरुको व्यवस्थापन र कार्यान्वयनको सम्बन्धमा सार्वजनिक महत्वको विषयमा छलफल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell