PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ट्वीटरले १२ घण्टाका लागि खोस्यो ट्रम्पको एकाउन्ट



ट्वीटरले १२ घण्टाका लागि खोस्यो ट्रम्पको एकाउन्ट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्ट १२ घण्टाका लागि उनको अधिनबाट खोसेको ट्वीटरले जनाएको छ। बुधवार ट्वीटरले उक्त जानकारी दिएको सिएनएनले जनाएको छ। साथै ट्वीटरले यसपटक चेतावनीमात्र दिएको र सदाका लागि बन्द गरिदिने चेतावनीसमेत दिएको जनाएको छ।

ट्रम्पले हिंसात्मक नियमको हद पार गरेको भन्दै ट्रम्पको ह्यान्डल १२ घण्टाका लागि लक गरेको जनाएको हो। राष्ट्रपति ट्रम्पले चुनावी परिणाम अस्विकार गर्दे आएदेखि ट्वीटरले उनको ट्वीटमा निगरानी बढाउँदै आएको थियो। बुधवार अमेरिकी सदनको संयुक्त बैठक चल्दै गर्दा हिंसात्मक प्रदर्शन भएको छ। उक्त प्रदर्शनमा ट्रम्पको हात रहेको आरोप लगाइएको छ। सोही क्रममा प्रदर्शनकारीलाई सम्बोधन गरेको भिडियो सन्देश र केही ट्वीट् ट्वीटरले हटाइदिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell