अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक एकाउन्ट लक गरिएको छ। भ्वाइलेन्स् नीतिको हद पार गरेको आरोप लगाउँदै २४ घण्टाका लागि ट्रम्पको फेसबुक पेज लक गरिदिएको फेसबुकले जनाएको छ। यो अवधिमा उनले कुनै पोस्ट गर्न नसकिने फेसबुकले जारी गरेको सूचनामा उल्लेख छ।
We've assessed two policy violations against President Trump's Page which will result in a 24-hour feature block, meaning he will lose the ability to post on the platform during that time.
— Facebook Newsroom (@fbnewsroom) January 7, 2021
राष्ट्रपति ट्रम्पले चुनावी परिणाम अस्विकार गर्दे आएदेखि फेसबुकले उनको पोस्टमा निगरानी बढाउँदै आएको थियो। बुधवार अमेरिकी सदनको संयुक्त बैठक चल्दै गर्दा हिंसात्मक प्रदर्शन भएको छ। उक्त प्रदर्शनमा ट्रम्पको हात रहेको आरोप लगाइएको छ। सोही क्रममा प्रदर्शनकारीलाई सम्बोधन गरेको भिडियो सन्देश फेसबुकले हटाइदिएको छ।
यसैगरी ट्रम्पको ट्वीटर एकाउन्ट पनि १२ घण्टाका लागि उनको अधिनबाट खोसेको ट्वीटरले जनाएको छ। बुधवार ट्वीटरले उक्त जानकारी दिएको सिएनएनले जनाएको छ। साथै ट्वीटरले यसपटक चेतावनीमात्र दिएको र सदाका लागि बन्द गरिदिने चेतावनीसमेत दिएको जनाएको छ।